बिराटनगर, साउन १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको गैरजिम्मेवार अभिव्यक्तिहरुले कूटनीतिक सम्बन्ध बिग्रदैं गएको बताउनुभएको छ । बिहीबार बिराटनगरमा आयोजित कार्यक्रममा कांग्रेस नेता कोइरालाले भन्नुभयो, बोल्दाबोल्दा केही दिन पहिले अयोध्या नेपालमा पर्छ भनेर बोलिदिनु भयो तर यो कुराको आधार र प्रमाण दिन सक्नुभएन। प्रधानमन्त्री आज भोलि के के बोल्नु हुन्छ…