भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गर्ने ओलीको राष्ट्रवाद नांगियो– पूर्वमन्त्री बस्नेत « Image Khabar


भारतसँग मिलेर प्रतिनिधिसभा विघटन गर्ने ओलीको राष्ट्रवाद नांगियो– पूर्वमन्त्री बस्नेत


Imagekhabar
२५ पुष २०७७, शनिबार १६:०७

खाडिचौर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद नाङ्गिएको बताउनुभएको छ । भारतको इशारामा प्रतिनिधिसभा विघटन गरेर शक्तिशाली बन्न खोजेका ओलीको राष्ट्रवाद नाङ्गिएको उहाँले बताउनुभएको हो ।

चुच्चे नक्सा सार्वजनिक गरेर चर्चा कमाएका प्रधानमन्त्री ओलीले भारतका एकजना आएर भेट्नासाथ नक्सा नै परिवर्तन गरेको उहाँको आरोप छ । उहाँले भन्नुभयो, ‘सस्तो लोकप्रियताका लागि नक्सा ल्याए , विद्यालयका पुस्तकमा छपाए, भारतबाट कोही भेट्न आए ओलीले तुरुन्तै आदेश दिए ती चुच्चे नक्सा भएका किताब वितरण नगर्नु ।’

बस्नेतले संवैधानिक सर्वोच्चताको कांग्रेसले सधै सम्मान गर्ने बताउनुभयो । प्रतिनिधिसभा विघटन भएपछि आन्दोलनमा होमिएको का)ग्रेसले निर्वाचन या प्रतिनिधिसभा पुनस्थापना जे भए पनि अदालतको आदेशलाई सम्मान गर्ने बताउनुभयो ।

शनिबार सिन्धुपाल्चोक प्रतिनिधिसभा १ को प्रदेशसभा ‘ख’ मा भएको विरोध सभालाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट पार्टी जनताको भन्दा पनि आफ्नो प्रगतिको लागि लागेको आरोप लगाउनुभयो । ‘विश्वबाट नै सकिएको कम्युनिष्ट नेपालमा फुरफुर गरेर बसेका छन्,’ उहाँले भन्नुभयो, ‘अब निमिट्यान्ह हुने दिन आएको छ ।’

बस्नेतले संघीयता, धर्मनिरपेक्षता, संविधान कार्यान्वयन अब कांगेसको काँधमा आएकाले अब जनताले कांग्रेसलाई चुन्ने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्