Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


प्रधानमन्त्रीका सल्लाहकार रिमालले धम्की दिँदै भने, सीमामा बस्नुस् रबीन्द्र जी!


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले विवेकशील साझाका अध्यक्ष रविन्द्र मिश्रलाई सीमामा बस्न धम्की दिनु भएको छ ।

शनिबार मिश्रले लेखेको एक ट्विटको जवाफ दिँदै रिमालले सीमामा बस्नुस् रबीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन भन्दै धम्की दिनु भएको हो ।

शनिबार मिश्रले ट्विटरमा लेख्नुभएको थियो, ‘कस्तो समय आयो! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो ।’

रिमालले यसको जवाफ लेख्दै, ‘सीमामा बस्नुस् रबीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ ।

यता मिश्रले धम्कीपूर्ण भाषा प्रयोग नगर्न रिमाललाई पुनः सुझाव दिनुभएको छ । उहाँले लेख्नुभएको छ, ‘प्रिय @BishnuRimal जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र।’

ट्विटर प्रयागेकर्ताहरुले पनि रिमालको जवाफ धम्कीपूर्ण भएको भनेर आलोचना गरेका छन् । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजनमा पुगेको छ । अदालतमा प्रतिनिधिसभा विघटनबारे मुद्दा विचारधिन रहेको अवस्थामा मिश्रको यो भनाइ आएको हो ।

शनिबार चार पूर्व न्यायधिशले पनि सर्वोच्चमा परेको मुद्दाबारे विचार पुर्याउन सर्वोच्चलाई ध्यानाकर्षण गराउँदै एक विज्ञप्ति निकालेका थिए ।

Skip This