काठमाडौं, साउन १४ । पछिल्लो केही दिनदेखि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको छलफल जारी छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी विभाग गठन र मनोयनलाई तीव्रता दिएको भन्दै वरिष्ठ नेता पौडेलले आफूनिकट नेताहरुसँग निरन्तर छलफल गरिरहनुभएको छ । पार्टी मुख्यालय सानेपामा अहिलेपनि छलफल जारी रहेको पौडेलनिकट केन्द्रीय सदस्य कमला पन्तले जानकारी दिनुभयो ।…