Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजेको के हो ?– नेता नेम्वाङ


117
Shares

काठमाडौं । पूर्वसभामुख एवं नेकपा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले केपी ओलीलाई प्रधानमन्त्री अस्वीकार गरेर गर्न खोजेको के हो भन्दै प्रश्न गर्नुभएको छ । दाहाल–नेपाल समूहप्रति लक्षित गर्दै उहाँले नेपाली कांग्रेससँग सहकार्य गर्दै उहाँकै दललाई प्रधानमन्त्री मान्न तयार हुनेले केपी ओलीलाई प्रधानमन्त्री मान्न तयार नहुको कारण पनि खोज्नुभएको छ ।

नेता नेम्वाङले आफूहरूले पार्टीका कुनै पनि नेतालाई कारबाही नगरेको बताउँदै आफूहरु पार्टी एकताको पक्षमा रहेको दाबी गर्नुभयो । ‘उहाँहरुले कारबाहीको सिलसिला अगाडि बढाउनुभयो, तर हामीले अहिलेसम्म पनि कसैलाई कारबाही गरेका छैनौं’, उहाँले भन्नुभयो, ‘यसले पनि के देखाउँछ भने हामी पार्टी एकताको पक्षमा छौं ।’

नेता नेम्वाङले आफूले अर्को पक्षको नयाँ अध्यक्षलाई नचिन्ने बताउनुभयो । माधवकुमार नेपालप्रति लक्षित गर्दै उहाँले केपी शर्मा ओलीसँग महाधिवेशनमा हारेका व्यक्ति अहिले अध्यक्ष भएको बताउनुभयो । उहाँले आफूले अर्को पक्षमा जाने साथीहरूको अनुहार र नाम बिर्सिसकेको बताउनुभयो ।