काठमाडाैं । जेनजी आन्दोलनपछि भएको निर्वाचनको मत परिणामले धेरै राजनीतिक दल र नेताहरुको उठिबास नै लगाइदिएको छ । यो निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मुलुककै सबैभन्दा ठूलो दलका रुपमा स्थापित गरिदिएको छ । कांग्रेस, एमाले, माओवादी जस्ता ठूला भनिने दलहरुलाई ईतिहासमै कमजोर बनाईदिएको मात्रै छैन मधेशको नाममा राजनीति गर्दै आएका मधेश केन्द्रीत दलहरुको पसल पनि बन्द…