काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (भोलि) पनि बस्ने सम्भावना न्यून रहेको नेताहरुले बताएका छन् । क्रियाशील सदस्यता, गठन भएका विभागहरुको खारेजी, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले अधिवेशन नगरी महाधिवेशनमा प्रतिनिधित्व नपाउने, महाधिवेशनको सुनिश्चिततालगायत १६ बुँदे ध्यानाकर्षणपत्रमा सहमति नबनेसम्म बैठक बस्ने अवस्था नभएको वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए…