काठमाडौं । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ । आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गर्नुभएको उहाँका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो । नेता गौतम एकताको प्रस्ताव लिएर दाहालको निवास पुग्नुभएको हो । गौतमले पार्टी एकता गर्ने जिम्मेवारी आएको भन्दै अवसर नगुमाउन दाहाललाई सुझाव…