दाहाल र गौतमबीच भेटवार्ता, तत्काल ओलीसँग सहकार्य हुन नसक्ने दाहालको जवाफ « Imagekhabar – Online News Portal of Nepal
१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022


दाहाल र गौतमबीच भेटवार्ता, तत्काल ओलीसँग सहकार्य हुन नसक्ने दाहालको जवाफ


0
Shares

काठमाडौं । नेकपाका नेता वामदेव गौतमले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।

आज बिहान दाहालको निवास खुमलटार पुगेर गौतमले आधाघण्टा भेटवार्ता गर्नुभएको उहाँका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिनुभयो । नेता गौतम एकताको प्रस्ताव लिएर दाहालको निवास पुग्नुभएको हो ।

गौतमले पार्टी एकता गर्ने जिम्मेवारी आएको भन्दै अवसर नगुमाउन दाहाललाई सुझाव दिनुभएको थियो । तर दहालले तत्काल केपी ओलीसँग सहकार्य हुन नसक्ने प्रष्ट गर्नुभयो ।

ओलीले आत्मालोचना गर्दै पदबाट राजिनामा दिएमात्र संवादको ढोका खुल्ने दाहालको भनाइ थियो ।

गौतमले यसअघि हिजो विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, दुई अध्यक्षले सचिवालय बैठक बोलाउनुपर्ने माग गर्नुभएको थियो ।