काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी ओलीले अब पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सँगै हिंड्न नसक्ने निचोड निकाल्नुभएको छ । आफूविरुद्ध दाहालले झूठा आरोप लगाए भन्दै उहाँले त्यस्ता बेतूकका आरोपको जवाफ नदिने पनि प्रष्ट गर्नुभएको छ । आइतबार बालुवाटारमा पार्टी नेता माधव नेपाल र वामदेव गौतमसँग अलग अलग…