कम्युनिष्टहरू सत्ताले मात्तिए, सबै छिनोफानो संसद्‍मै हुन्छ– महामन्त्री कोइराला • Image Khabar Image Khabar


कम्युनिष्टहरू सत्ताले मात्तिए, सबै छिनोफानो संसद्‍मै हुन्छ– महामन्त्री कोइराला


Imagekhabar
१५ फाल्गुन २०७७, शनिबार १८:०३

कम्युनिष्टहरू सत्ताले मात्तिए, सबै छिनोफानो संसद्‍मै हुन्छ– महामन्त्री कोइराला

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले कम्युनिष्टहरू सत्ताले मातिएको आरोप लगाउनुभएको छ ।

मकवानपुरको हेटौडामा शनिबार रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सवमा महामन्त्री कोइरालालेसत्ताले मातिएका कम्युनिष्टहरूले जनचाहनाअनुसारको कुनै काम गर्न नसकेको बताउनुभयो ।

अहिलेको राजनीतिक अवस्था संवेदनशील रहेको भन्दै महामन्त्री कोइरालाले कांग्रेसले ओली र दाहाल– नेपाल कुनै समूहलाई सहयोग नगरेको बताउनुभयो ।

कांग्रेसले अहिले परिस्थितिको धेरै टिकाटिप्पणी नगर्ने स्पस्ट पार्दै उहाँले संसद् चलेपछि सबै कुराको छिनोफानो हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्