Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


भारतले भन्यो ‘फैसलापछि उत्पन्न परिस्थिति नेपालको आन्तरिक मामिला हो’


0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिलाई भारतले नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नियमित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा संसद विघटन वा पुर्नस्थापना नेपालको आन्तरिक कुरा भएको बताउनु भएको हो ।

अदालतको फैसलाबारे सोधिएको प्रश्नमा उहाँले नेपालमा विकसति पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा भारत जानकार रहेको बताउँदै उहाँले नेपालको राजनीतिक घट्नाक्रमलाई भारतले नजिकबाट हेरिरहेको तर नेपालको आन्तरिक मामिला नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रियाद्धारा टुंगो लगाउने विश्वास ब्यक्त गर्नुभयो ।

यसअघि डिसेम्बर २४ मा प्रतिनिधिसभा विघटनप्रति प्रतिक्रिया जनाउँदै भारतले नेपालको घट्नाक्रमलाई नोट गरेको बताएको थियो ।