काठमाडौं, मंसिर १३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा प्रतिवेदन पेस गरेसँगै नेकपाभित्र अध्यक्षद्वयबीचको आरोप–प्रत्यारोपले लिखित रुप ग्रहण गरेको छ । गत कात्तिक २८ गतेको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले १९ पृष्ठकोे ‘राजनीतिक प्रस्ताव’को नाममा ‘अभियोगपत्र’ पेस गरेको आरोप लगाउँदै ‘काउन्टर’मा ओलीले ३८ पृष्ठको…