ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र ५ पटक प्रधानमन्त्री हुन्छ भनेको थियो– देउवा • Image Khabar Image Khabar


ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र ५ पटक प्रधानमन्त्री हुन्छ भनेको थियो– देउवा


Imagekhabar
२२ फाल्गुन २०७७, शनिबार १४:५७

ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र ५ पटक प्रधानमन्त्री हुन्छ भनेको थियो– देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्योतिषीले रामचन्द्र पौडेलका कारण मात्र आफू ५ पटक प्रधानमन्त्री हुने बताएको खुलासा गर्नुभएको छ ।

शनिबार बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालको १३औं वार्षिक साधारणसभामा बोल्दै सभापति देउवाले, ज्योतिषीले पौडेलका कारण मात्र आफू पाँच पटक प्रधानमन्त्री बन्न पाउने भनेको खुलासा गर्नुभएको हो ।

ज्योतिषीले पौडेलकै अगाडि उहाँको कारणले मात्र पाँच पटक प्रधानमन्त्री बन्ने बताएको सभापति देउवाले स्मरण गर्नुभयो । ‘ज्योतिषीले रामचन्द्रजीको कारणले मात्र ५ पटक प्रधानमन्त्री हुन्छ भन्थ्यो’, उहाँले भन्नुभयो ।

ज्योतिषीको चर्चा धेरै हुने गरेको भन्दै सभापति देउवाले आफूलाई ज्योतिषीकोमा जाउँ भनेर रामचन्द्र पौडेल र कृष्णप्रसाद भट्टराईले आग्रह गरेको बताउनुभयो । ‘रामचन्द्रजी र कृष्णप्रसाद भट्टराईजी आएर ठूलो ज्योतिषी आएको छ रे भन्दै भविष्य देखाउन जाउँ भन्नुभयो र म पनि गएको हुँ ।’

आफू प्रधानमन्त्री बन्छ कि भन्ने चिन्ता सबैभन्दा बढी पौडेललाई भएको बताउँदै देउवाले आफू प्रधानमन्त्रीका लागि लालहित नभएको दाबी गर्नुभयो । उहाँले १८ पटक प्रधाननमन्त्रीको चुनाव लड्दा पनि जित्न नसकेको भन्दै पौडेलप्रति कटाक्ष गर्नुभयो ।

विपक्षी दलको नेता भनेकै ‘अल्टरनेटिभ प्राइममिनिस्टर’ भए पनि आफूले कहिल्यै प्रधानमन्त्री चाहियो नभनेको उहाँको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्