अर्घाखाँची, मंसिर १४ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको माग गर्दै अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विरोध सभा गरेको छ । कार्यक्रमका वक्ताहरुले देशमा भ्रष्टाचार बढ्दै गएको र सरकार नै भ्रष्टाचारीको संरक्षक बनेको आरोप लगाए । कोरोना संक्रमणको प्रभावकारी उपचार नगरिएको, कालो बजारी नियन्त्रण नगरेको र किसान तथा विद्यार्थीका सामान्य समस्या पनि सरकारले समाधान गर्न नसकेको भन्दै उनीहरुले…