ओली हटाएर दाहाललाई दलको नेता चयन गरेको निर्णय संसद सचिवालयमा, दाहाललाई मान्यता दिन अलमल « Imagekhabar – Online News Portal of Nepal


ओली हटाएर दाहाललाई दलको नेता चयन गरेको निर्णय संसद सचिवालयमा, दाहाललाई मान्यता दिन अलमल


0
Shares

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहले नेकपाको संसदीय दलको नेतामा केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको जानकारी सभामुख अग्नि सापकोटालाई गराएको छ ।

सो समूहका अध्यक्षद्वय दाहाल र माधवकुमार नेपालले आफ्ना केही सांसदसहित संसदका महासचिव भरतराज गौतमलाई भेटेर यससम्बन्धि निर्णयको जानकारी दिनुभएको हो ।

उहाँहरुले नेकपाका बहुमत सांसदले ओलीलाई हटाएर दाहाललाई नेता चुनेको पत्र र हस्ताक्षर दुबै बुझाउनुभएको हो ।

संसद सचिवालयले भने तत्काल दाहाललाई दलको नेताको मान्यता दिनेबारेमा निर्णय गर्न नसकिने जनाएको छ । उसले छलफलकै चरणमा रहेको प्रतिक्रिया दिएको हो ।

शुक्रबार बसेको संसदीय दलको बैठकमा ११५ जना सांसदले दाहाललाई नेता चुन्न सहमति दिएको बताइएको थियो ।