काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । वर्तमान संसद विघटन गरी प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि मिति पनि तोक्नु भएको छ । नयाँ निर्वाचन २०७८ बैशाख १७ र २७ मा दुई चरणमा गर्ने गरी तोकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार दिउँसो संसद विघटन गर्नुभएको…