Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


‘विदेशीबाट पालित पोषित’ केपी ओलीले संविधान मासे–पुष्पकमल दाहाल


39
Shares

prachanda address

काठमाडौं, चैत ८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीलाई विदेशीबाट पालित पोषितको संज्ञा दिँदै उहाँ संविधान मास्न प्रयोग भएको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा छुवाछुतविरुद्धको अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा गरिएको कार्यक्रममा दाहालले अहिलेको व्यवस्था मन नपराउनेहरुले संविधान, संघीयता र समानुपातिक समावेशिता मास्न ओलीलाई अगाडि सारेको टिप्पणी गर्नुभयो ।

गणतन्त्र विरोधीहरुको धारले संविधान मास्न केपी ओलीलाई प्रयोग गरिरहेको भन्दै उहाँले भन्नुभयो, ‘गणतन्त्र, संघीयता र समावेशिता सिध्याउन सक्ने, पहाडिया उच्च जातीय अहंकारवादी, विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, २०/२५ वर्षदेखि विदेशीबाट पालित पोषित सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्ने पात्रका रुपमा ओली अगाडि आएका छन् ।’

आफूलाई जनताको बीचमा फ्याँकिदिएकामा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै दाहालले बाँचुञ्जेल जनताकै बीचबाट लड्ने निधो गरेको पनि सुनाउनुभयो ।

ओलीले जालझेल र षड्यन्त्र गर्न थालेपछि आफूले विद्रोहको झण्डा उठाएको जिकीर गर्दै उहाँले भन्नुभयो, ‘तपाईंहरू गहिरो गरी विचार गर्नुस् है । केपीले ठग्ने काममात्रै गरे । सबै ल्याएको माआवादीले हो भन्नेमा हस्ताक्षर पनि गर्ने, सबै बराबर हुन् पनि भन्ने, तर लागू नगर्ने । ठगठाग र जालझेल मात्र गर्ने । त्यही भएर मैले १९ पेज लामो दस्तावेज ल्याएको हो ।’