Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति बंगलादेश जाँदै


0
Shares

काठमाडौं । विमान चार्टर गरेर ३९ जनासहित राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश जाँदै हुनुहुन्छ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमान चार्टर गरेर भण्डारी सोमबार बंगलादेशको दुईदिने राजकीय भ्रमणमा ढाका जान लाग्नु भएको हो ।

निगमको दुई न्यारोेबडी विमानमध्ये लुम्बिनीले राष्ट्रपतिसहितको टोलीलाई बिहान पौने ९ बजे काठमाडौंबाट बंगलादेश पुर्याउने स्रोतले बताएको छ । भने मंगलबार अर्को न्यारोबडी सगरमाथाले ढाकाबाट काठमाडौं ल्याउनेछ ।

‘पहिलो दिन राष्ट्रपतिसहितलाई ढाका छाडेर विमान रित्तै फर्किनेछ’, निगमका अधिकारीले भन्नुभयो ‘दोस्रो दिन काठमाडौंबाट रित्तै गएर ढाकाबाट राष्ट्रपतिसहितको राजकीय भ्रमणमा रहेका ४९ जनालाई लिएर आउनेछ ।’ चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको अधिकारीले जानकारी दिनुभयो । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने बताईएको छ ।