खिलनाथ ताजपुरियाकाठमाडौं । पार्टी विभाजनसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूमा कित्ताकाटको क्रम बढेको छ । कार्यकर्ताहरूको खिचातानी पनि तीव्र भएको छ । विभाजन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गर्नुभएको केन्द्रीय समितिमा राखिएका दर्जन बढी सदस्यहरूले समितिमा बस्न अस्वीकार गरेका छन् । ओली समूहले एकलौटी ढंगबाट केन्द्रीय समितिमा ५ सय ५६ जना थप गर्दै…