Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौं ल्याउने प्रधानमन्त्रीको घोषणा


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने घोषणा गर्नुभएको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीन वर्षभित्र याङ्ग्री र लार्केको पानी पनि काठमाडौंमा ल्याइने बताउनुभयो ।

मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको बताउँदै उहाँले भन्नुभयो, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन तर तीन वर्ष भन्दा बढी लाग्नु हुँदैन ।’

प्रधानमन्त्री ओलीले मातहतका मन्त्रालयलाई समयमै काम सक्ने गरी लाग्न समेत निर्देशन दिनुभएको छ । मेलम्चीको पानी आएपछि धेरै वर्षदेखि देखेको सपना पूरा भएको उहाँले बताउनुभयो ।

फागुनको अन्तिम साता सुन्दरीजलमा खसेको पानी चैतको दोस्रो सातादेखि घर–घरमा वितरण थालिएको छ । अनामनगर, महाराजगञ्ज लगायतका क्षेत्रमा पानी वितरण भइसकेको छ भने बालाजु क्षेत्रमा शुक्रबारदेखि वितरण सुरु भएको छ ।