काठमाडौं । बागमती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव टेबुल गरिएको छ । प्रदेशसभा सदस्य एवं दाहाल–नेपाल पक्षको नेकपाका नेता अरुणप्रसाद नेपालले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको हो । पौडेलविरुद्ध अविश्वासको प्रस्ताव राख्दै उहाँले प्रदेश सभा सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री पदका लागि प्रस्ताव गर्नुभएको छ । अविश्वासको प्रस्तावमा ४५ जना सांसदहरुले हस्ताक्षर गरेका…