काठमाडौं, माघ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आमसभा कस्तो हुन्छ भन्ने कुरा आफूले माघ २३ गते देखाइदिने बताउनु भएको छ । शुक्रबार दाहाल–नेपाल नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शनतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहको भेलालाई साँघुरो गल्लीमा जम्मा गरेको भीडको संज्ञा दिनुभयो । साँघुरो गल्लीमा केही मान्छे जम्मा गर्दैमा आमसभा हुँदैन भन्दै उहाँले आमसभा…