काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ । विघटनको पक्ष र विपक्षमा रहेका वकीलहरुले आ–आफ्नो पक्षमा तर्क पेश गरिरहेका छन् । यसक्रममा आइतबारको बहसको शुरुवातमै वकीलहरुबीच सामान्य भनाभनको स्थिति सृजना भयो । उता, अदालतमा प्रश्न उठेपछि संसद विघटनको सूचना सरकारले रातारात राजपत्रमा प्रकाशित गराएको भन्दै…