पोखरा, चैत ६ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीमा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाउनु भएको छ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शुक्रबार पोखरामा उद्घाटन गर्दे उहाँले ओली नैतिक रुपमा पतन भएको बताउनुभयो । ओलीको चरित्र र अहंकारकै कारण मुलुक संकटमा परेको थापाको भनाइ थियो ।…