काठमाडौं, चैत १० । प्रतिनिधि सभा बैठकमा भारतले नेपालसँगको सीमा क्षेत्रमा जग्गा मिचेको बारेमा प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराइएको छ । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले भारतले नेपाली सीमामा एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहँदा नेपाल सरकार किन मौन छ भन्दै प्रश्न गर्नुभएको हो । नेता बडूले सीमा क्षेत्रमा निर्माणाधीन तटबन्धबारे…