अर्घाखाँची । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाउनुभएको छ । अर्घाखाँचीमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उहाँले ओली नैतिक रुपमा पतन भएको आरोप लगाउनुभएको हो । राजनीतिमा नैतिकता हुने भन्दै उहाँले सत्ता पाएपछि ओलीले चरित्र गुमाएको बताउनुभयो । नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको उहाँको…