Logo २७ भाद्र २०८३, शनिबार | Sun Sep 13 2026


निजामती सेवा विधेयक तुरुन्त अघि बढाउन सांसद् शर्माको आग्रह


0
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्माले निजामती सेवा विधेयक तुरुन्त अगाडी बढाउन सरकार समक्ष आग्रह गर्नुभएको छ ।

बिहीबार राष्ट्रिय सभाको बैठकमा शून्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य जग प्रसाद शर्माले संघीय निजामती सेवा ऐन बन्न नसक्दा प्रदेश सरकारलाई समेत काम गर्न अप्ठ्यारो परिरहेको भन्दै विधेयकलाई अगाडी बढाउन आग्रह गर्नुभएको हो ।

‘निजामती सेवा ऐन विधेयकमा थन्किएको छ, धेरै लामो समयदेखि अगाडी बढ्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘यसले प्रदेश निजामती ऐन अगाडी बढ्न पनि सकेको छैन ।’

‘ऐन नबन्दा प्रदेश सरकारहरूले काम अगाडी बढाउन सकेका छैनन् । प्रदेश लोकसेवा आयोगले पनि काम अगाडी बढाउन सकेको छैन,’ उहाँले थप्नुभयो, ‘म सरकारको ध्यान आकृष्ट गर्न चाहान्छु, यो विधेयक तुरुन्त अगाडी बढाइयोस् ।’