काठमाडौं, चैत २५ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासन झिङ्गे टँसाइ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गर्नुभएको छ । सिंहदरबारमा बुधबार आयोजित सरकारका सचिवहरुबीचको अन्तरक्रिया कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा झिङ्गे टँसाइ सोच प्रमुख समस्याको रुपमा रहेको बताउनुभयो । समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको भन्दै उहाँले परिणाम भन्दापनि प्रक्रियालाई जोड दिने गरेको आरोप…