काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पदभार ग्रहण गर्नुभएको छ । बुधबार दिउँसो राष्ट्रपति भवन शितलनिवासमा शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री खड्काले पदभार ग्रहण गर्नुभएको हो । मन्त्री खड्कालाई मन्त्रालयका सचिव भरत पौडेल लगायतका कर्मचारीहरूले स्वागत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएको थियो ।…