काठमाडौं, असोज १० । सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर तत्काल मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ । अब एक दुई दिनमै सरकारले पूर्णता पाउने दाबी पनि गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलको बैठकमा नेताहरुले सरकारलाई पूर्णता नपाउँदा गलत सन्देश गएको भन्दै केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा…