काठमाडौं । लामो समयदेखि विवादमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद अन्त्य भएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधान समितिले प्रतिवेदन बुझाएसँगै विवाद अन्त्य भएको हो । सोमबार साँझ समितिका सदस्यहरूबीचको बैठक सम्पन्न भएपछि प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवालाई समितिले प्रतिवेदन बुझाएको हो । गत साउन ३० गते पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा…