कांग्रेसको केन्द्रीय समितिको बैठक आज « Image Khabar


कांग्रेसको केन्द्रीय समितिको बैठक आज


143
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो दुई बजेका लागि बैठक बोलाउनुभएको हो ।

बैठकमा राष्ट्रियसभाको निर्वाचनमा हुने गठबन्धन, पार्टीका तर्फबाट उम्मेदवार छनोट, संसदीय समिति लगायतका विषयमा छलफल हुने बताइएको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यसूची छ ।

केन्द्रीय समिति बैठक बोलाउनुअघि सभापति देउवाले शनिबार र आइतबार गरी २ चरणमा १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका गर्नुभएको थियो ।

कांग्रेस विधानमा राष्ट्रियसभा सदस्यको उम्मेदवार संसदीय समितिबाट छनोट गर्नुपर्ने भएपनि समय अभावका कारण केन्द्रीय समिति बैठकबाट म्याण्डेट लिएर शीर्ष तहबाटै निर्णय गर्ने तयारी सभापति देउवाले गर्नुभएको छ ।