माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कर्णालीका २७ नेता चयन « Image Khabar


माओवादी केन्द्रको केन्द्रीय सदस्यमा कर्णालीका २७ नेता चयन


169
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट कर्णालीका २७ नेता केन्द्रीय सदस्य चयन भएका छन । माओवादीको आठौं महाधिवेशनबाट खुला र समानुपातिक गरी २७ नेता माओवादीको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका हुन् ।

महाधिवेशनमा घोषित माओवादीका २३६ जनाको केन्द्रीय सदस्यमा कर्णालीबाट महासचिवका दावेदार जनार्दन शर्मादेखि शक्ति बस्नेतसम्म छन् । जुम्लाका चर्चित सांसद गजेन्द्र महत र नरेश भण्डारी पनि केन्द्रीय सदस्य चयन भएका छन् ।

महत खुलाबाट केन्द्रीय सदस्य बन्दा भण्डारी पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य बनेका छन् । यस्तै पूर्वमन्त्री सीता नेपाली दलित महिलाबाट केन्द्रीय सदस्य बन्दा कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्ती जनजाति कोटाबाट केन्द्रीय सदस्य बन्नुभएको छ भने दलित युवा महिलामा जाजरकोटकी पार्वती विक केन्द्रीय सदस्य बनेकी छन्। पत्रकार लक्ष्मी शर्मा पनि माओवादीको केन्द्रीय सदस्य बन्नु भएको छ ।