काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ । पूर्वमन्त्रीसमेत रहेका थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको हो । नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार गरेको कार्यक्रममा उहाँले भारत र चीनबाट फाइदा लिने मौका नचुकाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो…