काठमाडौं । नेपाल बार एशोसियसनले १५ दिनभित्र गोलाप्रथाबाट पेशी तोक्नपर्ने प्रावधान लागू गर्न प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै गोलाप्रथाद्वारा पेशी तोक्नुपर्ने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन १५ दिनभित्र कार्यान्वयन गर्न प्रधानन्यायाधीशलाई नेपाल बार एशोसिएसनले अल्टिमेटम दिएको हो । बारले न्यायिक शुद्धता, निष्पक्षता कायम राख्न र विकृत विसंगति हटाउन…