दलहरूबीच सहमति नभइ एमसीसी पास हुँदैन : सहमहामन्त्री आङ्देम्बे « Image Khabar


दलहरूबीच सहमति नभइ एमसीसी पास हुँदैन : सहमहामन्त्री आङ्देम्बे


520
Shares

पाँचथर । नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेले दलहरूबीच सहमति भएपछि मात्र एमसीसी पास हुने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन पाँचथरले मंगलबार सदरमुकाम फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनमा आङ्देम्बेले एमसीसी पास गर्न दलहरू बीच सहमति हुनुपर्ने बताउनुभयो ।

सहमहामन्त्री आङ्देम्बेले हिजो सत्तामा भएकाहरूले सत्तामा हुँदा र नहुँदा दिएका फरक अभिव्यक्तिले जनतामा एमसिसीप्रति भ्रम सिर्जना भएको बताउनुभयो ।

पार्टीभित्र विसंगतिहरू रहेको बताउँदै आङ्देम्बेले त्यसलाई केन्द्रदेखि नै शुद्धिकरणको अभियान चलाइने जिकिर गर्नुभयो । संसद सुचारुको विषयमा वार्तामार्फत समाधान खोजिनुपर्नेमा उहाँको जोड छ ।

संसद अवरुद्ध गरेर भत्ता खाइरहने प्रवृत्तिले मुलुकलाई थप अन्योलतामा लगेको उहाँको ठहर छ ।