काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताउनुभएको छ । विगतमा निगमको जहाजको ग्राउण्ड ह्याण्डलिङसमेत व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको भन्दै आफूले त्यसो नगर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाल पर्यटन बोर्डले गरेको कार्यक्रममा उहाँले निगमको थन्किएर बसेका दुईवटा जहाजलाई तत्काल…