मिरा बस्नेतकाठमाडौं । नेपाल बार एशोसियसन प्रधानन्यायाधीश विरुद्ध हात धोएर लागिरहँदा आफ्नै नेतृत्वको तेजोवधमा उत्रिने सर्वोच्चका १५ न्यायाधीश यतिबेला अग्निपरीक्षामा छन् । देशैभरिका मुद्दाको अन्तिम थलो भएकाले सर्वोच्च अदालतमा मुद्दाको चाप अत्यधिक छ । पाँच दिन भयो– बन्दी प्रत्यक्षीकरणका मुद्दासमेत प्रभावित छन् । बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ नहुनु भनेको अस्पतालमा आकस्मिक सेवाको बिरामीले उपचार नपाउनुजस्तै…