काठमाडौं । पूर्व महान्यायाधिवक्ता एवम् वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले २/३ घण्टाभित्रै राजीनामा दिनुपर्ने बताउनुभएको छ । काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै श्रेष्ठले न्याय क्षेत्रको क्षति कम गर्नका लागि राणाले जतिसक्दो छिटो राजीनामा दिनुपर्ने बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘उहाँले आजै राजीनामा दिनुपर्छ । व्यक्तिगत रूपमा पनि यसले हित हुँदैन, उहाँ जति…