काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने कार्यक्रम छ । अखिल क्रान्तिकारीको यो सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । हालका अध्यक्ष रञ्जित तामाङ नदोहोरिने भएपछि त्यसका लागि ७ जना आकांक्षी देखिएका…