Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच बैठक जारी


559
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा बैठक जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुको बैठक बसेको छ । एमसीसी पारित गर्ने र संसदको अवरोध हटाउने विषयमा छलफल हुने छ ।

छलफलमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की त्यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी छन् ।

यसअघि आजै संसद भवन बानेश्वरमा छलफल भएको थियो । त्यसक्रममा प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित गर्न एमालेको सहयोग माग्दै त्यसका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनु भएको थियो ।

उहाँले एमसीसी पारित गर्न संसदमा आएर मत जाहेर गर्न सजिलो बनाउनका लागि सबै विकल्पमा छलफल गर्न तयार रहेको बताउनु भएको थियो । प्रधानमन्त्रीको प्रस्तावबारे पार्टीमा छलफल गरेर पुनः कुराकानी गर्ने जवाफ अध्यक्ष ओलीले दिनुभएको थियो । प्रधानमन्त्री देउवासँगको भेट लगत्तै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता गर्नुभएको हो ।