काठमाडौं, मंसिर ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औं महाधिवेशन अन्तर्गत भइरहेका निर्वाचनमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गर्न आग्रह गर्नु भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा आइतबार गाउँपालिकाको कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उहाँले पार्टीको १४औँ महाधिवेशनअन्तर्गत अधिवेशन हुुन बाँकी रहेका पदमा सर्वसम्मत पदाधिकारी चयन गर्न नेता तथा कार्यकर्तासँग आग्रह गर्नुभयो ।…