काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत आज सातै प्रदेशमा सभापतिलगायत उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । हिजो सभापति शेरबहादुर देउवाले भर्चुअल रूपमा प्रदेशको अधिवेशन उद्घाटन गर्नुभएको थियो । तर प्रदेश नम्बर १ मा भने हिजो उद्घाटन सत्र हुन सकेन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार आज बिहान उद्घाटन सत्र र उम्मेदवारहरूको मनोनयन दर्ता एकसाथ हुनेछ ।…