देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका माओवादीकै हातमा भएकाे दाहालको दावी « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका माओवादीकै हातमा भएकाे दाहालको दावी


२७ फाल्गुन २०७८, शुक्रबार ११:२९

429
Shares

सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशलाई कता लैजाने भन्ने निर्णायक भूमिका आफ्नो पार्टीकाे हातमा भएकाे दावी गर्नुभएको छ ।

सुर्खेतमा पत्रकारहरुसँग कुरानी गर्दै उहाँले आज (शुक्रबार) देश माओवादीकै एजेण्डामा चलिरहेकाले राष्ट्रिय राजनीति पनि माओवादीकै इशारामा चलेको जिकीर गर्नुभयो । वर्तमान सत्ता गठबन्धन आगामी स्थानीय तहको निर्वाचनसम्म सुरक्षित रहने दावी गर्नुभयाे ।

गठबन्धनलाई निर्वाचनसम्म मात्र नभई त्यसपछिसम्म लैजाने प्रयास रहेको भन्दै उहाँले एमसीसी पारित भएकैले देश दुर्घटनामा जानबाट रोकिएको बताउनुभयो । एमसीसीका कारण आफ्नो पार्टीभित्र देखिएको समस्या समाधान भएको पनि उहाँको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार पार्टीको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सुर्खेत पुग्नुभएको छ ।