सर्लाही, कात्तिक १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिकामा रहेको नवनिर्मित महिला संरक्षण भवनको उद्धघाटन कार्यक्रममा अध्यक्ष नेपालले प्रकृतिको संरक्षण गर्नु आजको मूल आवश्यकता भएको बताउनुभएको हो । अहिले नेपाल बाढी, पहिरो तथा विभिन्न प्राकृतिक विपद्को जोखिममा रहेको…