काठमाडौं । नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ ।
आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो ।
एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको अभियान शुरु गर्ने बताउनुभयो । उहाँले जनताले सिधै नेपाली काँग्रेसलाई सत्ता निर्वाचनमा जिताएर सत्ता सुम्पिन आग्रह गर्नुभयो । महामन्त्री शर्माले जनताले कम्युनिष्ट पार्टीलाई सत्ता सुम्पिने र कम्युनिष्टहरुले काँग्रेसलाई सत्ता सुम्पिने गरेको उल्लेख गर्दै सिधै जनताले नेपाली कांग्रेसलाई निर्वाचनबाट जिताउन आग्रह गर्नुभयो ।
उहाँले आसन्न स्थानीय निर्वाचनलाई लक्षित गर्दै आजबाट चैत २९ गतेसम्म नेपाली कांग्रेसको कांग्रेस जिताऔँ अभियान पहिलो चरणमा हुने बताउनुभयो । महामन्त्री शर्माले पहिलो चरणमा यो अभियानमार्फत कांग्रेसल मुख्य ८ वटा उद्देश्यलाई सार्वजनिक गरेको पनि बताउनुभयो । उहाँले यो अभियान अन्तर्गत पार्टीले नव मतदाताहरुलाई निर्वाचनको प्रक्रियामा सहभागी बन्न, स्थापित गरेको लोकतन्त्र बमोजिमको अधिकारलाई प्रयोग गर्ने कुरा र अघिल्ला सरकारहरुले गरेको कामको समिक्षा गरेर स्वविवेकले भोट हाल्न अनुरोध गर्ने कुरालाई प्राथमिकता दिएको बताउनुभयो । महामन्त्री शर्माले नेपाली कांग्रेसले सत्ता सञ्चालन गरेको छोटो समयमा नै ७० प्रतिशत भन्दा बढी मानिसलाई कोरोनाबिरुद्धको खोप लगाएको र जनताको जीवन रक्षालाई प्रधान विषय बनाएको तथा आगामी निर्वाचनसम्म पुग्दै गर्दा प्रायःलाई लगाइसक्ने संकल्प लिएको पनि बताउनुभयो ।
महामन्त्री शर्माले कांग्रेस पार्टीले एमसीसी पास गर्दैगर्दा भनेको वाक्यलाई पनि विश्लेषण गर्न आम मतदाताहरुलाई आग्रह गर्नुभयो । उहाँले कम्युनिष्टहरुले एमसीसीको बेला सडकमा कराएको युवकलाई भोटको माध्यमबाट मात्र हेरेको आरोप लगाउँदै नेपाली काँग्रेसले युवकको भविष्यलाई पनि हरेको बताउनुभयो । महामन्त्री शर्माले नेपाली कांग्रेसको यो अभियानमा आफ्नो पार्टीका मात्रै कुरा सुनाउने नभइ जनताका आवाज, जनताका चाहनाहरुको बारेमा पनि जनभावना सुन्ने बताउनुभयो । उहाँले यो अभियानबाट आम जनतालाई विभिन्न भोटर ट्रेनिङ प्रोग्राम पनि सञ्चालन गरिने बताउनुभयो । यो अभियानबाट जनताका कुराहरु समेटेर स्थानीय विकाससँग सम्बन्धित कुराहरुसहितको घोषणापत्र बनाइने पनि बताउनुभयो ।
महामन्त्री शर्माले यो अभियानमा काँग्रेसलाई मात्र नभइ अन्य राजनीतिक दलहरुलाई पनि मर्यादित ढंगले चुनाव लड्न आग्रह गर्ने बताउनुभयो । उहाँले आगमी निर्वाचनहरुमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने वा गठबन्धनसँगै रहेर प्रतिष्पर्धा गर्ने भन्ने कुरा एक महिने यो अमियानपछि आएको केन्द्रिय समितिको निर्णयपछि भन्न सकिने बताउनुभयो । महामन्त्री शर्माले यो अभियानमा जाँदा कांग्रेसले कुने पनि पार्टीलाई आरोप, प्रत्यारोप नलगाइ जनताका कुरामा विशेष चासो राख्ने बताउनुभयो । उहाँले आजबाट शुरु भएको यो अभियान क्रमशः वडा तहमा विकेन्द्रिकृत हुने बताउनुभयो । यस अभियानमा ७७ जिल्लाकै केन्द्रिय प्रतिनिधिहरुले १० दिनसम्म हरेक स्थानीय पालिकामा पुगेर जनताका कुराहरु सुन्ने र उनीहरुको अपेक्षाहरु सुन्ने कुरामा केन्द्रित हुने बताउनुभयो । उहाँले सरकार संघीय प्रणालीमा गइसकेपछि सात प्रदेशमा सात प्रदेश कार्यसमितिले यो अभियानको काम गर्ने बताउनुभयो ।
महामन्त्री शर्माले यो अभियानमा जनताको विश्वास जितेर आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउने र सबैलाई नेता कार्यकर्तालाई जिम्मेवारी पूरा गर्न अवसर दिने पनि बताउनुभयो । उहाँले यो अभियान विशेष गरेर समृद्धि, संस्कार, संगठनलाई नवीन ढंगले अघि बढाइ एकाकार गर्ने कुरामा केन्द्रित हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्