काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज (आइतबार) पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठक स्थानीय चुनावकै विषयमा केन्द्रित हुनेछ । कांग्रेसभित्र आगामी निर्वाचनमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल जारी छ । बैठकमा निर्वाचन घोषणापत्रका विषयमा पनि छलफल हुने बताईएको छ…