काठमाडौं, मंसिर ५ । मुलुकमा माओवादीले गरेको सशस्त्र हिंसात्मक द्वन्द्व अन्त्य भएको पनि १५ वर्ष पूरा भइसकेको छ । तर द्वन्द्वकालमा हत्या गरिएका, बलात्कार गरिएका, वेपत्ता, अंगभंग पारिएका, जबरजस्ती विस्थापन गरिएका पीडितले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन् । बरु तत्कालीन द्वन्द्वमा संलग्न रहेका सरकार र विद्रोही दुबै पक्षको प्रतिनिधित्व गर्नेहरुले पटक पटक राज्यसत्ताको नेतृत्व…