Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


माधव नेपालसहित १४ जना सांसद विरुद्ध एमालेले हालेको रिटमा आज सुनुवाई हुँदै


650
Shares

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित १४ जना सांसद विरुद्ध परेको रिट निवेदनमाथि आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको रिट निवेदनमाथि सुनुवाई हुन लागेको हो । अध्यक्ष ओलीले एमालेबाट एकीकृत समाजवादीमा गएका १४ सांसदलाई समाजवादीमा जानु अघि नै एमालेले कारवाही गरेको तर सभामुख अग्नि सापकोटाले कारवाहीको सूचना जारी नगरेको भन्दै त्यसबिरुद्ध सर्वाेच्चमा रिट निवेदन दिनु भएको थियो ।

यो मुद्धा सर्वाेच्चका न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । एमाले अध्यक्ष ओलीले आफूहरुले कारवाही गरेको १४ सांसदको बारेमा सभामुख सापकोटालाई पनि पत्र पठाएको,तर सभामुख सापकोटाले त्यसमा कारवाही नगर्नु भएको र नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले पनि जवर्जस्ती दलका रुपमा दर्ता गरेको रिटमा आरोप लगाउनु भएको छ ।

एमालेले यहि विषय उठाएर लामो समयदेखि प्रतिनिभि सभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ ।